सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

वीरगंज, ७ माघ । २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमवार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए । कार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार यादव, अजय प्रसाद यादव, दिगम्बर पाण्डित,राजु पटेल, कमल केसी लगायतकाले रक्तदान गरेका हुन । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथी गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द

वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...

क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो

वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...

टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु

कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...