वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित कुमार यादव र रोहन पटेलले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक हात पारेका हुन् । खेल सकेर फर्किएका विद्यार्थीहरूलाई कलेजले आज एक कार्यक्रमको आयोजना गरी खाँदा, टीका र पुरस्कार प्रदान गरी सम्मान गरेको छ । कोशी प्रदेशको ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउनहलमा आयोजना गरेको दुईदिने प्रतियोगितामा ५५ किलो तौलका यादव र ७४ किलो तौलका पटेल प्रथम हुँदै स्वर्ण जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए । कलेजका शैक्षिक निर्देशक दीपक पटेलले बाटो जति कठिन हुन्छ, सफलता पनि त्यति नै उच्च हुने बताउँदै बिद्यार्थीहरूमा रहेको प्रतिभा समयमै पहिचान भयो भने भविष्यमा अगाडि बढ्न सजिलो हुने जिकिर गरे । उनले बिद्यार्थीलाई सम्मानित गर्दै यस कलेजमा अध्यनरत बिद्यार्थीले पदक जित्दै कलेजलाई गौरवान्वित बनाएको बताए । नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको छ ।
More like this
राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य – प्रवक्ता चन्द
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी...
क्रसर उद्योगको ढुंगाको धूलोमा परिएको अवस्थामा एकजनाको शव भेटियो
वीरगंज, १९ जेठ । क्रसर उद्योगमा ढुंगाको धूलोले पुरिएको अवस्थामा एकजनाको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ...
टिपरको ठक्करबाट कलैयामा बालिकाको मृत्यु
कलैया, १८ जेठ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा टिपरले ठक्कर दिई किच्दा एक बालिकाको मृत्यु भएको...