साढे ११ किलो चरेससहित एकजना पक्राउ

वीरगंज, २ फागुन । वीरगंज महानगरपालिका वडा नं. १६ चालिस फिटे सडकखण्डमा आज बिहान अस्थायी प्रहरी पोष्ट इनर्वाले चेकजाँच गर्ने क्रममा साढे ११ किलो चरेससहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ४ मधुवन गोठ बस्ने वर्ष ४५ को सुधीर कर्णले बोकेको रातो रंगको डिब्बा (ग्यालेन)माथि खाने घ्यू राखी रातो प्लाष्टिकका ससाना पोकामा उक्त चरेस लुकाइ राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् ।
पक्राउ परेका कर्णलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...