वीरगंज, ६ फागुन । कवि छोटेलाल प्रसाद साहद्वारा लिखित ‘साह के आह १’ भोजपुरी कविता संग्रहको मंगलवार विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क, साहित्यकार तथा भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अली लगायतले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान पु-याएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गापा उपाध्यक्ष ज्योति चौरसिया र वडाध्यक्ष अच्छेलाल महतोले गरेका थिए ।
More like this
ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...
अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा
वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...