विभिन्न संघसंस्थाद्वारा पूर्वराजाको सन्देशको समर्थनमा ऐक्यबद्धता

वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् ।
यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् ।
फागुन २४ गते वीरगंजमा राष्ट्रिय नागरिक संघर्ष समिति, पर्सा आयोजना र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा सह–आयोजनामा मोटरसाइकल -याली र आमसभा आयोजना गर्ने र सो ¥यालीमा लौरो अभियान, नेपाली कांग्रेस (बिपी), अन्तर्राष्ट्रिय हिन्दू परिषद, स्वतन्त्र नागरिक बचाउ अभियान, बजरङ्ग दल, नेपाल–भारत हिन्दूमैत्री समाज, २०४७ को संविधान हाम्रो अभियान, धर्म निरपेक्षता खारेजी अभियान, राष्ट्रिय जागरण अभियानले ऐक्यबद्धता जनाएको हो ।
वीरगंजमा हुने आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवल शमशेर, नेकपा मालेका महासचिव सि.पी. मैनाली, शास्त्रदत्त पन्त, डा के.बी रोकाय, राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक नरेश बहादुर सिंह, प्रवक्ता हीरा बहादुर चन्द, राप्रपाकी सांसद वीणा जयसवाललगायतका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका प्रचार प्रसार प्रमुख मानव सेवकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित...

इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै...

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर...

सुनचांदीको गहनासहित तीनजना पक्राउ

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत...