वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूबाट सुनको गरगहना झुम्का २ सेट अन्दाजी ८२ लाल, रिङ्ग १ सेट अन्दाजी ३० लाल, सिक्री लकेट १ थान अन्दाजी ३० लाल,सुनको गणेश लक्ष्मी मूर्ती अङ्गित लकेट १ थान अन्दाजी ४ लाल, सुनका टुक्राहरू अन्दाजी १ तोला गरी जम्मा अन्दाजी २ तोला ६६ लाल एवं चाँदीको लक्ष्मीको मूर्ती अन्दाजी २ तोला रहेको सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी गराए । पक्राउ परेकाहरुले आफू भक्तपुर जिल्लाको ठिमी न.पा., वडा नं.–१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल संचालन गर्ने भक्त गदाल विक र काठमाण्डौ म.न.पा., वडा नं.३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स संचालन गर्ने श्रवण घिमिरेको लागि काम गर्ने र अर्डर अनुसार जडिबुटीमा सुन बनाउने कारखानामा काम गर्दै आएको बताए । अर्डर आएको ग्राहकका सुन लिई भागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार गंग बहादुर विकले जनाएको छ । सुनको तयारी गरगहना, सुनको टुक्राहरू र चाँदीको मूर्ती सहित फेला परेको हुँदा प्रहरी चौकी ईनरूवामा अनुसन्धानको लागि पठाइएको प्रहरीले जनाएको छ ।
More like this
गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ
वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित...
इन्डो–नेपाल टी–२० मा जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै...
वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर...
दोस्रो वडाध्यक्ष भलिबल उदघाटन
वीरगंज, २२ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ वडा कार्यालयको खेल मैदानमा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिताको उदघाटन वडाध्यक्ष...