गहुँ काट्ने विषयमा दाजुभाइबीच विवाद, पेस्तोलसहित एक पक्राउ

वीरगंज,२७ चैत । गहुँ काट्ने विषयलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि प्रहरीले दाईलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ निवासी ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । गहुँ काट्ने विषयमा आफ्नै भाई ५५ वर्षीय सिकिन्द्र यादवसँग विवाद गर्ने क्रममा प्रहरीले वीरेन्द्रले लुकाएर राखेको कटुवा पेस्तोल र गोली बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी महुवनबाट झैझगडा छुटाउन गएको प्रहरीको टोलीले १ थान कटुवा पेस्तोल, ४ राउण्ड बिएमएम केएफ ०० लेखिएको गोली र १ थान फलामको चाचर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...