ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले बताए । प्रहरी बेस क्याम्प पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटिएको टोलीले बेवारिसे अवस्थामा राखिएको दुर्ईवटा ग्यालेनभित्र प्लास्टिकको प्याकेट बनाएर राखिएको २४ किलो ५०० ग्राम चरेस बरामद भएपछि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रनाउ सिंहले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

More like this

अल्पाइन मावि कक्षा १२ का विद्यार्थीहरुको बिदाइ तथा सम्मान...

वीरगंज, ७ वैशाख । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजले कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुको बिदाई तथा सम्मान...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा...

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका...